सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूका लागि आज (मंगलबार) देखि अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै छ।
ललितपुरकाे ग्वार्कोस्थित रोयल टुलिप होटलमा दुई दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा रास्वपाबाट प्रत्यक्ष निर्वाचित १२५ र समानुपातिक ५७ जना गरी १ सय ८२ सांसद सहभागी हुने छन्।
नवनिर्वाचित सांसदहरूलाई संसदीय प्रक्रिया, कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको भूमिकाबारे स्पष्ट पार्न, प्रभावकारी, उत्तरदायी र परिणाममुखी प्रतिनिधि बन्न सहयोग गर्न, पार्टीको रणनीति, दृष्टिकोण र नीतिगत प्राथमिकता स्पष्ट पार्न तथा संसद्, सरकार र निर्वाचन क्षेत्रबीच प्रभावकारी समन्वय कायम गर्न सक्षम बनाउन प्रशिक्षण आयोजना गरिएको रास्वपाले जनाएको छ।
यसका लागि रास्वपाले २ दिनको कार्यतालिका बनाएको छ।