ओशो सन्यासी सीके राउतले लिए संसदीय राजनीतिबाट पनि सन्यास

सोमबार, चैत २, २०८२

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके)ले संसदीय राजनीतिबाट सन्यास लिएका छन् ।

राउतले आज सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् । यद्यपि, उनले संघर्षको राजनीति जारी राख्ने बताएका छन् ।

उनले सक्रिय राजनीतिबाट बिदा लिए पनि जनताको सेवामा रहेन बताएका छन् । ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेन्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु’, उनले लेखेका छन् । राउत ओशो सन्यासी समेत हुन् ।

प्रकाशित मिति: सोमबार, चैत २, २०८२  ११:३१
प्रतिक्रिया दिनुहोस्