सोसल मिडिया
युनिकोड
विवादास्पद सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा अधिकारीलाई काँजो लगाएको हो।
अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैंया घुस लिएको अख्तियारको आरोप छ । अध्यागमन विभागको महानिर्देशक छँदा पनि सुन तस्करीमा जोडिएका थिए। अधिकारी वाग्मती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव भएकै बेला निलम्बनमा परेका छन्।