सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने बन्ने ५७ जनाको नाम टुंग्याएको छ।
केहीबेरअघि केन्द्रीय कार्यालय बनस्थलीमा बसेको सचिवालय बैठकले समानुपातिकबाट सांसद बन्नेको सूची चयार गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
रास्वपाले समानुपातिकतर्फ ५७ सिट पाएको छ। आफूले पाएको ५७ सिटमा ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको हो।
खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको झाले बताए।
सचिवालयले टुंगो लगाएको ५७ जनाको नामावली आज निर्वाचन आयोगमा बुझाउने छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।