सोसल मिडिया
युनिकोड
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कास्की ईन्चार्ज कृष्ण थापाको मृत्यु भएको छ । बिहीबार जिल्ला कमिटि बैठकमा बोल्ने क्रममाउनी ढलेका थिए । उनको शव मणिपाल अस्पतालमा शव राखिएको छ ।
उनलाई कास्की– २ को उम्मेदवार दिएकोमा विरोध भएपछि टिकट खोसेर रश्मि आचार्यलाई उम्मेदवार बनाइएको थियो । जिल्ला कमिटीको बैठकस्थलमै उनलाई हृदयघात भएको हो।
उनले केही दिन अघि मात्र सामाजिक संजालमा लेखेका थिए-‘वर्तमान परिस्थिति आउनुमा कास्की इन्चार्ज तर्फबाट मेरो कुनै कमजोरी रहेको भए आत्मआलोचित हुन चाहन्छु,’ उनले भने, ’पार्टीले आवश्यक ठानेको अवस्थामा जिल्ला संयोजकको भूमिकाबाट मात्र होइन, केन्द्रीय समितिको सदस्य समेत त्याग गर्न तयार रहेको जानकारी गराउँछु ।’