रविको अभियोग संशोधनसम्बन्धि मुद्दा पूर्ण इजलासमा पठाइयो

बुधबार, फागुन २७, २०८२

रवि लामिछानेको अभियोग संशोधनसम्बन्धि मुद्दाको पूर्ण इजलासमा सुनुवाई हुने भएको छ। 

सर्वाेच्चका न्यायाधीशहरू सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको इजलासले प्रारम्भिक सुनुवाईपछि पूर्ण सुनुवाईमा लैजाने आदेश दिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए।

रवि लामिछानेविरुद्ध संगठित अवपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग संशोधन गर्ने निर्णय दुई महिनाअघि महान्यायाधिवक्ता कार्यालयले गरेको थियो। जसअनुसार विभिन्न जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले अभियोग संशोधनका लागि अदालतमा निवेदन दिइसकेको छ। तर, सर्वाेच्चबाट सुनुवाई नहुँदा रोकिदै आएको छ। 

अभियोग संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयउपर अधिवक्ताहरुले दिएको रिटमा अब पूर्ण इजलासमा सुनुवाई हुने भएको हो। 

कुनै सहकारीमा संलग्न नरहेको भनेर संसदीय समितिले प्रतिवेदन दिएपनि आफुमाथि राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगीको मुद्दा चलाइएको आरोप रविले लगाउँदै आएका छन्। 

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्