प्रश्नको जवाफ नदिने व्यक्ति भन्दै हर्कले बालेनलाई यसरी हाने झटारो 

आइतबार, फागुन २४, २०८२

श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सुनसरी १ बाट निर्वाचित सांसद हर्कराज राईले बालेन्द्र शाह बालेनसँग काम गर्न गाह्रो पर्ने बताएका छन् । निर्वाचित भएलगत्तै धरानमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिएका उनले प्रश्नको जवाफ नदिने व्यक्तिसँग सहकार्य गर्न कठिन हुने टिप्पणी गरे । 

उनले आफू सरकारमा सहभागी नहुनेसमेत बताएका छन् । सरकारमा जानेगरी जनताले मत नदिएको भन्दै जनादेशअनुसार नै प्रतिपक्षीको भूमिका खेल्ने उनको प्रतिक्रिया छ । 

आफू निर्वाचित हुनुमा धरान नगरप्रमुखको रूपमा गरेका कामहरूकै परिणाम भएको उनले बताए । ‘मैले अनियमितता गरिनँ, इमानदार बनेँ । पारदर्शी ढंगले काम गरेको थिएँ,’ उनले भने, ‘जनताले यो भन्दा जिम्मेवार ठाउँमा गएर काम गर्नू भन्ने जनादेश दिएको हुनाले नै यो परिणाम आयो । अब सोही अनुसार काम गर्छु ।’

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्