सिंगो देशमा हारेको कांग्रेस कर्णाली प्रदेशमा बन्यो पहिलो दल

आइतबार, फागुन २४, २०८२

कर्णाली प्रदेशका १० जिल्लाका १२ वटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ।

निर्वाचन आयोगले दिएको अन्तिम नतिजा अनुसार नेपाली कांग्रेसले पत्यक्षतर्फ ५ वटा सिट जितेको छ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ४ वटा निर्वाचन क्षेत्रमा चुनाव जित्दै कर्णालीमा माओवादीको जनाधार कायमै रहेको प्रमाणित गरेको छ।

यस्तै, २०७४ मा ६ वटा सिट जित्दै पहिलो भएको तर २०७९ मा शून्य भएको नेकपा एमाले दैलख–२ बाट चुनाव जित्न सफल बन्यो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) जुम्लाबाट लगातार दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी २०७९ मा पनि हुम्लाबाटै निर्वाचित भएका थिए।

देशभर रास्वपाका उम्मेदवारहरू विजयी भइरहँदा कर्णालीका १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत–२ बाट रमेशकुमार सापकोटाले मात्रै जित हासिल गरेका छन्।

कुन दलको कति सिट ?

नेपाली कांग्रेस 
दैलेख–१: बासना थापा १२,३७२ मत
सुर्खेत–१: बिष्णुबहादुर खड्का २६,८९७ मत
जाजरकोट: खडकबहादुर बुढा २०,१४२ मत
हुम्ला: जयपति रोकाया ८,७९७ मत
मुगु: खड्कबहादुर शाही ७,८१४

नेकपा 
कालीकोट: महेन्द्रबहादुर शाही ११,७३५ मत 
सल्यान: रमेशकुमार मल्ल २३,१८९ मत 
रुकुमपश्चिम: गोपाल शर्मा २१६०९ मत

एमाले
दैलेख–२: लक्ष्मीप्रसाद पोखरेल १३,८८९ मत

राप्रपा
जुम्ला: ज्ञानबहादुर शाही १४,८१६ मत

रास्वपा 
सुर्खेत–२: रमेशकुमार सापकोटा ३०,८२६ मत

प्रकाशित मिति: आइतबार, फागुन २४, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्