ज्वाईको पार्टीका उम्मद्वारसंग तेब्बर मतान्तरले पराजित भए शरतसिंह भण्डारी

शनिबार, फागुन २३, २०८२

महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका शरतसिंह भण्डारी पराजित भएका छन्।

भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार दिपककुमार साहसँग २२ हजार ५२४ मतान्तरले पराजित भएका छन्।

दिपकले ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा पटक–पटक मन्त्री बनेका सिंहले १० हजार १९८ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका किरण यादवले ९ हजार ७४५, नेकपा एमालेका कासिम नदाफले ३ हजार ५२४, नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणकुमार यादवले ७३७, जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत पाएका छन् ।

भण्डारी रास्वपाबाट काठमान्डू-८ मा निर्वाचित विराजभक्त श्रेष्ठका सहोदर ससुरा हुन्। 

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २१:४५
प्रतिक्रिया दिनुहोस्