कांग्रेसका रमेशलाई रोकेर रास्वपाका श्रेष्ठले धादिङ-२ निर्वाचन जिते

शनिबार, फागुन २३, २०८२

प्रतिनिधि सभाको निर्वाचनमा धादिङ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन्। 

निर्वाचन आयोगका अनुसार, उनी श्रेष्ठ ५ हजार ९६६ मतान्तरले विजयी भएका हुन्। उनले २६ हजार १४५ मत प्राप्त गरेर विजयी भएका हुन्। 

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेशप्रसाद धमलाले २० हजार २७९ मत प्राप्त गरेका हुन्। 

तेस्रो नम्बरमा रहेका नेकपा एमालेका धनबहादुर घलेले १० हजार ८४ मत प्राप्त गर्दा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार रामबहादुर भण्डारीले ९ हजार ३६ मत प्राप्त गरेका छन्। राप्रपाका सुरेश रिजालले १ हजार ५०४ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्