कांग्रेसको थपियो अर्को सीट, रसुवामा मोहन आचार्य  विजयी

शुक्रबार, फागुन २२, २०८२

प्रतिनिधिसभा सदस्य चुनावअन्तर्गत रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य  विजयी भएका छन् । १० हजार ६सय ५६मत प्राप्त  गरी कांग्रेसका आचार्य विजयी भएका हुन् । 

उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का बसन्त भट्टले ५ हजार ५ सय ७१  मत प्राप्त गरेका छन् । 

हिजो भएको मतदानमा रसुवामा ६०.६१ प्रतिशत अर्थात् २५ हजार १ सय ३६ मत खसेको  थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा २५ हजार १ सय ३६ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  २१:५०
प्रतिक्रिया दिनुहोस्