ज्वाईले निर्वाचन जितेकै पार्टी रास्वपाका उम्मेदवारद्वारा ससुरालाई चर्को सास्ती 

शुक्रबार, फागुन २२, २०८२

महोत्तरी क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फराकिलो मतले अग्रता कायम गरेको छ। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दीपककुमार साहले २ हजार ९१९ मत पाएर अग्रह स्थानमा आएका छन् । उनलाई पच्छ्याइरहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार शरत सिंह भण्डारी ८ सय ५८ मत पाएर दोस्रोमा छन् । 

भण्डारी नेपाली राजनीतिमा सर्वाधिक १८ पटक मन्त्री बन्ने चर्चित राजनीतिज्ञ हुन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार किरण यादवले ५ सय ६६ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार कासिम नदाफले ५१ मत पाएका छन् । भण्डारी काठमाडौँ- ८ का रास्वपा उम्मेदवार विराजभक्त श्रेष्ठका सहोदर ससुरा हुन। श्रेष्ठले २४ हजार५ सय ९२ मत प्राप्त गर्दै विजयी भएका छन्। 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १८:०६
प्रतिक्रिया दिनुहोस्