सोसल मिडिया
युनिकोड
सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा रास्वाका उम्मेदवारसँग झन् पछि परेका छन्। थापा रास्वपाका अमरेशकुमार सिंहसँग ११ सय ३३ मतले पछि परेका हुन्।
पछिल्लो मत परिणामअनुसार सिंहले २८ सय ४७ मत पाउँदा थापाले १७ सय १४ मत पाएका छन्। यो क्षेत्रमा एमालेका अमनिसकुमार यादवले ४१० मत पाएका छन् भने नेकपाका डा.रजनिश रायले १२८ मत पाएका छन्।
यहाँ जनमतका राकेश मिश्रले हर्न चुनाव चिह्नमा २६७ मत पाएका छन्।
सर्लाही ४ मा अहिलेसम्म बरहथवा-३, जआवि मलाहटोल-४, बरहथवा-१३ जआवि हिरापुर कोइरिटोल (क), बरहथवा-१ जआवि हजरिया (ग), बरहथवा-२ दुधडेरी भवन हजरिया (ख), बरहथवा-४ शिव मन्दिर बरहथवा (ख) र बरहथवा-२ दुधडेरी भवन हजरिया (ग) समेतको मत गणना सकिएको छ।
सर्लाही ४ को मतगणना गोडैता बजारस्थित बेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा जारी छ। सर्लाही ४ मा एक लाख २१ हजार १२ मतदातामध्ये ७७ हजार ९३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।