ओली झापा नजाने, बालेन बालेन बीचबाटो बाटै फर्किए

बिहीबार, फागुन २१, २०८२

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा नजाने भएका छन्। 

आफूले उम्मेदवारी दिएको झापा ५ मा जाने कार्यक्रम ओलीले स्थगित गरेका हुन्।

भक्तपुर क्षेत्र नम्बर २मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका छन्।

काठमाडौंमा मतदानपछि उनी उम्मेदवारी दिएको झापा ५ जाने र विभिन्न मतदान केन्द्र पुग्ने कार्यक्रम थियो। 

तर, त्यसलाई स्थगित गरेर ओली भक्तपुरको गुण्डुमै बसेको एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह पनि झापा ५ गएका थिए तर, उनी हेलिकप्टर अवतरण नगरी बीच बाटोबाटै फर्किएका थिए।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्