मतदान गरेपछि प्रचण्डले कसैको पनि बहुमत नआउने गरिदिए घोषणा

बिहीबार, फागुन २१, २०८२

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असहज परिस्थीमा गरिएको निर्वाचन सफल पार्न सबैमा आग्रह गरेका छन् ।  

भरतपुर महानगरपालिका वडा नम्बर १४ शान्तिपुरमा रहेको मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारसंग कुराकानी गर्दै प्रचडले निर्वाचनले मुलुकको स्थाथित्व गराउने विश्वास व्यक्त गरेका हुन् । उनले मतदान गरेपछि आफु धेरै खुसी भएको बताउँदै निर्वाचन सफल बनाउने जिम्मेवारी सबैको भएकाे बताएका छन्।

उनले भने  ‘निर्वाचनमा मतदान गर्दा सफलताको सन्निकटन पुगेका छौं । म धेरै नै खुसी छु,’  ‘जनताको लागि, राष्ट्रको लागि र स्थायित्वको लागि समृद्धिको यात्रा सुरु गर्नको लागि यो निर्वाचन धेरै महत्वपूर्ण निर्वाचन हो । सामान्य मात्रै होईन असमान्य परिस्थितिमा भएको निर्वाचनबाट म निकै खुसी छु ’

उनले निर्वाचनलाई उत्सवको रुपमा लिएर उत्साहको साथ भाग लिन अपिल गरे । निर्वाचनमा जति धेरै जनताको सहभागिता जति धेरै हुन्छ नतिजा पनि स्थायीत्व पनि स्थायीत्वको लागि त्यहीकै  महत्वपूर्ण हुन्छ ।

निश्पक्ष, स्वच्छ र धाधलीरहित निर्वाचनबाट आएको नतिजाबाट देश अगाडी बढ्नुपर्नेमा आफुहरु लागेको बताए। नयाँ र पुरानो दलको भाष्य बनाइएको भन्दै उनले निर्वाचन सहि र गलतका बीचको प्रतिष्पर्धा हुनुपर्ने बताए । 

साथै उनले निर्वाचन प्रणाली अनुसार कुनै पनि दलको बहुमत नआउने दाबी गरे। प्रचण्डले चितवनमा मतदान गरेसँगै त्यहाँबाट रुकुमपूर्व गएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०९:१५
प्रतिक्रिया दिनुहोस्