सोसल मिडिया
युनिकोड
झापा जिल्ला प्रमुख जिल्ला अधिकारी शिवराम गेलाले जिल्लामा शान्तिपूर्ण रुपमा मतदान भइरहेको बताएका छन्।
उनका अनुसार झापाका हरेक मतदान केन्द्र शान्त छन्। हामीले सोधेका थियौँ, “एमाले अध्यक्ष केपी ओली र रास्वपाका बालेन साह भएको निर्वाचन क्षेत्रको स्थिति के छ?
सिडिओ गेलालले भने, ‘जिल्लाभरिका कुनै पनि घटना भएको छैन, सबै शान्त रहेको रिपोर्ट छ। शान्तिपूर्वक मतदान भइरहेको छ।”
झापा ५ मा २४ जना उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मीप्रसाद संग्रौला उम्मेदवार रहेको यो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले रञ्जित तामाङलाई चुनावी मैदानमा उतारेको छ। यो क्षेत्रमा एमाले अध्यक्ष ओली र रास्वपाका बालेनबीच हुने प्रतिस्पर्धालाई उत्सुकतापूर्वक हेरिएको छ।