इरानी क्षेप्यास्त्र हमलाबाट यूएईमा एक जना नेपालीको उड्यो प्राण 

आइतबार, फागुन १७, २०८२

इरानी क्षेप्यास्त्र हमलाबाट यूएईमा एक जना नेपालीको ज्यान गएको त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ। 

मन्त्रालयलाई उधृत गर्दै अल जजिराले जनाएअनुसार यूएईमा हालसम्म तीन जनाको मृत्यु भएको छ। जसमा एक जना नेपालको, एक जना पाकिस्तानको र एक जना बंगलादेशी छन्।

मन्त्रालयले  ५८ जना घाइते भएको बताएको छ। यूएईको रक्षा मन्त्रालयले १६५ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएकोमा १५२ वटा ध्वस्त पारेको बताएको छ। त्यस्तै ५४१ ड्रोन इरानले प्रहार गरेकोमा ५०६ वटालाई ध्वस्त पारिएको बताएको छ।

खाडी मुलुकहरूसहित मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकी र इजरायली आक्रमणको जवाफमा इरानले अमेरिकी सैन्य अखडा रहेका मुलुकहरूमा हमला गरेपछि ती मुलुकका उडान ठप्प भएका छन्।

सरकारले त्यहाँ अड्किएका नेपालीको उद्धार लगायतको व्यवस्था गर्न आइतबार विभिन्न निर्णय गरेको छ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  २०:२८
प्रतिक्रिया दिनुहोस्