प्रधानमन्त्री कार्कीले डाकिन् मन्त्रिपरिषद्काे आकस्मिक बैठक

आइतबार, फागुन १७, २०८२

खाडी मुलुककाे बढ्दाे तनावकाे विषयलाई लिएर सरकारले मन्त्रिपरिषद्काे आकस्मिक बैठक डाकेकाे छ । 

प्रधानमन्त्री कार्यालय स्राेतका अनुसार अहिले ५ बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा मन्त्रिपरिषद्काे बैठक बस्नेछ ।

उक्त बैठकमा खाडी मुलुक (मध्यपूर्व) मा देखिएकाे बढ्दाे तनावका विषयमा छलफल हुने बुझिएकाे छ । 

केही बेरअघि मात्रै परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै खाडी मुलुकहरूमा १७ लाख बढी नागरिक विभिन्न काममा रहेकाे र अहिलेसम्म सुरक्षित रहेकाे बताएकाे छ । 

तर, युराेप-अमेरिकालगायत गन्तव्य मुलुक हिँडेका कति नेपाली खाडीका एयरपाेर्टमा ट्रान्जिटमा अल्झिएका छन् भन्ने बारे एकिन तथ्यांक नभएकाे बताएकाे छ ।

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १७:०१
प्रतिक्रिया दिनुहोस्