सोसल मिडिया
युनिकोड
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराई झापा पुगेर एमालेको पक्षमा मत मागेका छन्।
आइतबार भट्टराई झापा ५ का दमक नगरपालिका र कमल गाउँपालिकाका विभिन्न ठाउँमा पुगेर उनले मतदातालाई भेटेका हुन्।
उनले कमल गाउँपालिकाको गेउरियामा पार्टीले आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधनसमेत गरेका छन्।
झापा ५ बाट एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उम्मेदवार छन्।
उनलाई त्यहाँ रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चुनौति सिर्जना गरिरहेको बेला ओलीका आलोचक मानिने नेता भट्टराई पनि आज झापा पुगेका हुन्।
ओलीले नेता भट्टराईलाइ यसपटक ताप्लेजुङबाट टिकट दिएका छैनन्। ताप्लेजुङमा एमालेले राष्ट्रिय युवासंघका अध्यक्ष क्षितिज थेबेलाई उम्मेदवार बनाएको छ।
आफूले टिकट नपाउँदा भट्टराई ओलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए।