मध्यपूर्वमा देखिएको तनावले ओली चिन्तित, नेपालीको रक्षा गर्न सरकारलाई गरे आग्रह 

शनिबार, फागुन १६, २०८२

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा देखिएको तनावले चिन्तित तुल्याएको बताएका छन् ।

उनले शनिबार सामाजिक सञ्जालमार्फत तनावग्रस्त स्थानमा रहेका नेपालीलाई सुरिक्षत रहन आह्वान गरेका छन् । उनले सरकारलाई नागरिकको सुरक्षामा परिचालित हुन आग्रह गरेका छन् ।

"मध्यपूर्वमा पछिल्लो पटक देखिएको तनावले हामीलाई चिन्तित तुल्याएको छ। यूएई, इजरायल र इरानमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई सुरक्षित र सजग रहन आह्वान गर्दै त्यहाँ रहेका नेपाली दूतावास र नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोध गर्दछु,” उनले लेखेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन १६, २०८२  १७:३०
प्रतिक्रिया दिनुहोस्