सोसल मिडिया
युनिकोड
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले गोरखाका दुवै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेको छ।
प्रलोपाले आउँदो प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसको चुनाव चिह्न ‘रुख’ लाई समर्थन गर्ने निर्णय गरेको हो। समानुपातिकतर्फ भने आफ्नै चुनाव चिह्न ‘आँखा’मा मतदान गर्ने निर्णय गरेको प्रलोपाका जिल्ला अध्यक्ष नारायण खत्रीले बताए।
दुई पार्टीबीच मिलेर जाने समझदारी अनुसार प्रलोपाले प्रतक्ष्यतर्फ कांग्रेसलाई सहयोग गर्ने निर्णयमा पुगेको अध्यक्ष खत्रीको भनाइ छ। प्रलोपाले गोरखाका दुवै क्षेत्रमा सहयोग निर्णय गरेसँगै कांग्रेसले उक्त निर्णयको स्वागत गर्दै आभार प्रकट गरेको छ।
यसअघि २०७९ सालको चुनावमा कांग्रेससँग तालमेल गरी गोरखा-२ बाट तत्काली नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए। यस पटक डा. भट्टराईले उम्मेदवारी दर्ता गराए पनि पछि फिर्ता लिएका थिए। अहिले गोरखाका दुवै क्षेत्रमा प्रलोपाका उम्मेदवार छैनन्।