रास्वपालाई भोट नहाले ‘पाप लाग्ने‍’, नेताको पैसा लिँदा ‘पाप नलाग्ने‍’ रविको ठहर 

बुधबार, फागुन १३, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेताले बाँडेको पैसा लिँदा ‘पाप नलाग्ने‍’ टिप्पणी गरेका छन् । आज मधेश प्रदेशमा आयोजित चुनावी कार्यक्रममा यस्तो बताएका हुन् ।

‘पैसा खर्च गरेर मधेशको भोट परिवर्तन गर्नेहरूलाई खबरदारी गर्नुहोला’, रविले भने, ‘पैसाले भविष्य बेच्ने होइन, पैसामा आफ्नो भविष्य नबेच्नुहोला । कसैले दिए भने लिए हुन्छ, किनकि त्यो हाम्रो चोरेको पैसा हो । आफ्नै पैसा चोरेर लिएर गएर हामीलाई नै बाँड्छ भने आफ्नै पैसा लिँदाे पाप लाग्दैन । तर, गलत मान्छेलाई भोट हाल्दा पाप लाग्छ ।’

उनले मधेशले इतिहास पहिलोपटक सबैभन्दा धेरै युवा उम्मेदवार पाएको बताए ।

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्