प्रधानमन्त्री मातहतको अड्डाले यी सात निर्माण कम्पनीलाई कालोसूचीमा कोच्यो

बुधबार, फागुन १३, २०८२

सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ। ६ महिनादेखि १ वर्षसम्म कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले अब कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।kalosuchi-1772001614.jpg

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  १२:२५
प्रतिक्रिया दिनुहोस्