चिया बगानका ३५० बढी मजदुरलाई ओलीले एमालेमा भित्र्याए

बुधबार, फागुन १३, २०८२

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली यतिबेला झापा ५ को घरदैलो अभियानमा व्यस्त छन्। 

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५ बाट रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले समेत उम्मेदवारी दिएपछि ओली आफ्नो पुरानो क्षेत्रमै निकै दबाब महसुस गरिरहेका छन्। 

बुधबार बिहानै ओलीले स्थानीय धरधरेस्थि चिया बगानमा कार्यरत मदजुरलाई आफ्नो पार्टीमा भित्र्याएका छन्। चिया बगानका ३५० भन्दा धेरै मजदुर नेकपा एमालेमा प्रवेश गरेका ओलीको सचिवालयले जनाएको छ। 
 

प्रकाशित मिति: बुधबार, फागुन १३, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्