दुर्गा प्रसाईका लागि न्यायाधीश शर्मा र पोखरेल दाहिना, थुनामुक्त

मंगलबार, फागुन १२, २०८२

सर्वोच्च अदालतले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको छ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले उनलाई गैरकानुनी थुनामुक्त गर्न आदेश दिएको सूचना अधिकारी एवं उपरजिष्ट्रार निराजन पाण्डेले जानकारी दिए।

निर्वाचन आयोगको आग्रहमा उनलाई समातिएको प्रहरीको बयान छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १२, २०८२  १७:४१
प्रतिक्रिया दिनुहोस्