सोसल मिडिया
युनिकोड
कुनै काम गर्नको लागि हिम्मत वा आँट गर्यो भने त्यसलाई सफल पार्न अदृश्य शक्ति वा सहयोगीहरू जुट्छन् भन्ने अर्थमा नेपाली समाजमा तँ आँट मा पुर्याउछु भनेर ईश्वरले आदेश दिन्छन् भन्ने गरिन्छ। हो, ईश्वरले त यसै भनेकै छन् तर काठमान्डौ निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उमेद्वार नविन शाहीलाई त्यहाँका मतदाताले पनि त्यसै भनेका छन्। मतदाता समक्ष घरदैलो गर्दै पुगेका शाहीका पक्षमा उर्लिएको जनमतले उनी निर्वाचित हुने निश्चित जस्तै भएको छ। जसका लागि फागुन २१ गतेले मात्र पर्खिरहेको छ।
सनातनी स्वभावका नविन परोपकारी काम गर्नैका लागि जन्मिएको उनले विगतमा गरेका कामले यसै प्रष्ट पारेको छ। आफ्ना पूर्वजका प्रति सारा समर्पण गरेका शाहीको उम्मेद्वारीले खास निर्वाचन लागेको त्यस क्षेत्रका मतदाताले नै बताउन थालेका छन्। उनको पक्षमा सबै पार्टी प्रति आस्था राख्ने मतदाताले न्याय गर्ने बताएका छन्। प्रत्यक्षमा हलोमा मतदान गर्ने सल्लाह भएको कालिमाटीका एक मतदाताले नाम नबताउने शर्तमा खुलाए। उनका अनुसार अघिल्लो निर्वाचनमा घन्टीमा मतदान गरेका दुई सय बढीले यो पटक हलोमा मतदान गर्ने निर्णय भएको छ।
रात बिरात नभनी हमेशा परोपकारी काममा होमिएका नबीन उनको ओजन भए भन्दा ज्यादा काठमाडौँ ८ का नगारिकका लागि उपलब्ध हुँदै आएका नेता हुन्। सहज र असहज जुनसुकै अवस्थामा पनि उनको उपस्थितिले काठमाडौँ-८ का मतदातालाई लोभ्याएको छ। यसै पटक एक पटक नबिन शाहीलाई मतदान गरौ भन्दै स्वतन्त्र रुपमै अभियान चल्न थालेको छ।
सनातनी स्वभावका धार्मिक शाहीलाई गुठीको भोट सर्लक्कै जाने त्यहाँका मतदाताले बताएका छन्। नबिनलाई हलोमा मतदान गरेको खण्डमा पितृ समेत खुसी हुने अर्का मतदाताको तर्क छ। उनी पूर्वजलाई सम्मान गर्दै अनेक पितृकर्म गर्दै आएका धार्मिक परोपकारी अगुवा पनि हुन्।