नेपाल सरकारका सचिव घिमिरेले पाए अवकाश

शुक्रबार, फागुन ८, २०८२

नेपाल सरकारका सचिव डा. रामप्रसाद घिमिरे आजदेखि घर गएका छन् । २०७८ साउन ४ गते सचिवमा बढुवा भएका घिमिरे उमेरहदका कारण अवकाशमा गएका हुन् ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा घिमिरे सचिवमा बढुवा भएका थिए । अर्थमन्त्रालय लगायतका मन्त्रालयमा काम गरिसकेका उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट अवकाशमा गएका हुन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १६:०४
प्रतिक्रिया दिनुहोस्