सोसल मिडिया
युनिकोड
नेकपाका महासचिव ॠषि कट्टेल काठमाडौँबाट पक्राउ परेका छन्। प्रहरीले केहीबेर अघि ७५ वर्षीय कट्टेलाई काठमाडौँस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो।
कट्टेलको पार्टीले आगामी फागुन २१ गतेको चुनाव बहिष्कार गर्ने घोषणा गरेको छ।
काठमाडौँ उपत्यका असपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले कट्टेलसँगै सो पार्टीका विष्णुप्रसाद तिमल्सिनालाई पनि पक्राउ गरिएको जानकारी दिए।
निर्वाचन बिथोल्ने अभियानमा लागेको आरोपमा प्रहरीले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई पनि पक्राउ गरिसकेको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा मंगलबार दिउँसो काठमाडौँको टेबहालबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
निर्वाचन विरोधी गतिविधिमा लागेको आरोपमा प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि पक्राउ गरेको छ। निर्वाचन वहिष्कारको घोषणा गरेका अन्य वामन्पथी पार्टीका नेताहरुको पनि खोजी भइरहेको प्रहरी श्रोतले जनाएको छ।