कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक डाकियो 

सोमबार, फागुन ४, २०८२

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको छ । आउँदो शुक्रबार अनुशासन समितिको बैठक बस्ने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उक्त दिन दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  ११:३९
प्रतिक्रिया दिनुहोस्