सेवाग्राही महिलालाई जबर्जस्ती करणी गर्ने इन्स्पेक्टर खोरमा

बुधबार, माघ २८, २०८२

चितवनको इलाका प्रहरी कार्यालय खैरहनीका इन्चार्ज प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रदीप महत जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका छन्। 

इलाका प्रहरी कार्यालयमा आएकी एक सेवाग्राहीले उनीविरुद्ध जबर्जस्ती करणीको जाहेरी दिएपछि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई नियन्त्रणमा लिएको हो। 

अहिले उनलाई हिरासतमा राखेर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। 

ती महिलाले माघ २३ गते उनीविरुद्ध जाहेरी दिएकी थिइन्। घटना असोजको भएको जाहेरीमा उल्लेख छ।

प्रकाशित मिति: बुधबार, माघ २८, २०८२  १२:२०
प्रतिक्रिया दिनुहोस्