सोसल मिडिया
युनिकोड
रामेछापमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको ५९७५ नम्बरको बस त्रिवेणी (मन्थली) नजिकै दुर्घटना हुँदा ५ जना यात्रुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् इन्सपेन्टर राजन तिमल्सिनाले जानकारी दिए।
उनले भने, ‘ओखलढुंगा जाँदै गरेको बस दुर्घटना भएको हो। बस तामाकोशी नदीमा खसेको छ। अहिले ५ जनाको शव निकालिएको छ र ५ जनाको उद्धार गरेर पठाएका छौं। शवको पहिचान भने हुन बाँकी रहेको छ।’
उनका अनुसार ५ जनाको शव निकालिएको र ५ जना घाइतेको उद्धार भएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ। प्रहरी र स्थानीय उद्धार कार्यमा खटिएका छन्।
बस सडकबाट तामाकोशी नदीमा खसेको छ। अहिले बसलाई निकाल्ने कार्य जारी रहेको उनको भनाई छ। बसमा कति यात्रु थिए यकिन हुन बाँकी छ।