रास्वपालाई भोट माग्ने हवल्दारलाई प्रहरीले समात्यो, के हुन्छ कारवाही ?

शुक्रबार, माघ २३, २०८२

पर्सा प्रहरीले सामाजिक संजालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचार गरेको आरोपमा एक प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको छ । 

प्रहरी हवल्दार श्यामनारायण पटेलले आफ्नो आईडीबाट रास्वपाका उम्मेदवारलाई प्रचार गरेको पाएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर आन्तरिक अनुसन्धान अगाडि बढाएको हो । 

पर्साका प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार हवल्दार पटेलले केही दिनदेखि आफ्नो सामाजिक संजालमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार र टिप्पणी गर्दै आएका थिए । सोही आरोपमा उनलाई नेशनल मेडिकल कलेजबाट नियन्त्रणमा लिइएको र आन्तरिक अनुसन्धान भइरहेको छ ।

प्रहरी आचरण विपरीत काम गरेको आरोपमा पटेलाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरी ऐन र नियमावलीअनुसार, कुनै पनि प्रहरी कर्मचारीले व्यक्तिगत रूपमा वा राजनीतिक दलको पक्षमा प्रचार प्रसार गर्नु आचरण विपरीत मानिन्छ । अब उनलाई विभागीय कारवाही गरिने भएको छ। 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १४:५१
प्रतिक्रिया दिनुहोस्