निर्वाचन आयोगको आदेशमा दुर्गा प्रसाईलाई साईबर ब्यूरोले समात्यो

शुक्रबार, माघ २३, २०८२

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन् । शुक्रबार (माघ २३) काठमाडौंको कीर्तिपुरबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । विभिन्न आरोपमा उनी पटक–पटक पक्राउ पर्दै र छुट्दै आएका छन् ।

“निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा आयोगले पत्र पठाएपछि हामीले पक्राउ गरेका हौँ,” साइबर ब्युरोका एसपी दीपक अवस्थीले भने ।

प्रसाईंमाथि के कसरी कारबाही अघि बढाउने भन्ने विषयमा आफूहरूले गृहकार्य गरिरहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्