Dashain Banner
Dashain Banner

ललितपुरबाट पेस्तोलसहित तीन जना समातिए 

बुधबार, माघ २१, २०८२

सशस्त्र प्रहरी बलले ललितपुरबाट पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
 
सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले दोलखाको भीमेश्वर नगरपालिकाका २२ वर्षीय सुमन तामाङ, रौतहटको चन्द्रनिगाहपुर नगरपालिकाका २२ वर्षीय सुशील स्याङ्तान र सुनसरीको धरान उपमहानगरपालिकाका १८ वर्षीय विप्लव राईलाई नियन्त्रणमा लिएको हो।
 
उनीहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। 

प्रकाशित मिति: बुधबार, माघ २१, २०८२  ०८:२५
प्रतिक्रिया दिनुहोस्