Dashain Banner
Dashain Banner

भन्सारका तीन भाई घुस सहित समातिए, अन्तर्राष्ट्रिय विमानस्थलमा घुस्याहाकै रजगज

सोमबार, माघ १९, २०८२

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका अधिकृत इन्द्र न्यौपानेसहित तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार भन्सारको वैदेशिक हुलाक भन्सार शाखका अधिकृत न्यौपाने,सञ्चार मन्त्रालयबाट खटिएका हुलाक सेवा विभाग गोश्वारा हुलाक कार्यालय निकासी शाखामा कार्यरत नासु छविप्रसाद रिजाल र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीलाई दुई लाख ६८ हजार २८८ रुपैयाँ र २३ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो।

तीनैजना कर्मचारी तथा अरु केही शंकास्पद व्यक्तिका गरी २३ थान मोबाइल नियन्त्रणमा लिएको र न्यौपानेसहित कर्मचारीको साथबाट घुस र स्रोत नखुलेको गरी उक्त रकम बरामद गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले बताए ।

नेपालबाट कुरिअरमार्फत सामान पठाउँदा सेवाग्राहीसँग घुस लिएको उजुरीपछि अख्तियारले टंगालबाट टोली खटाएको थियो ।

अख्तियारका अनुसार कार्यालय सहयोगी पुडासैनीको कार्यकक्षबाट १० हजार घुस, उनकै घर्राबाट स्रोत नखुलेको ४० हजार ३५० रुपैयाँ र उनको साथबाट ९६ हजार ७० रुपैयाँ गरी १ लाख ४६ हजार ४२० रुपैयाँ बरामद भएको छ । त्यस्तै नासु रिजालले सेवाग्राहीबाट लिएको २० हजार स्रोत नखुलेको १८ हजार ८४८ गरी ३८ हजार ८४८ रुपैयाँ बरामद गरिएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्