देशमा अधिनायकवादी जन्माउन के गरिँदैछ ? वरिष्ठ अधिवक्ता त्रिपाठीले खोले तथ्य

आइतबार, माघ १८, २०८२

वर्तमान निर्वाचन सौन्दर्य प्रतियोगितामा (beauty contest)  रुपान्तरित भए जस्तो देखिएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमा त्रिपाठी लेख्छन्- जहाँ मतदाताहरू माझ राष्ट्र निर्माणका  विचार, कार्यक्रम वा एजेन्डा होइन कि हेयर स्टाइल एव ड्रेस स्टाइल प्रस्तुत गरिदैछ l यो मतदाताहरुको गम्भीर अपमान हो l सामाजिक संजालहरुको सुनियोजित ढंगले दुरुपयोग गरेर   मतदाताहरूलाइ बिचार एव समबेदनाबिहिन एउटा भिडमा रुपान्तरित गरिदै छ l जब नागरिक भिडमा रुपान्तरित हुन्छ तब नागरिकको बिबेक शक्ति समाप्त हुन्छ l अहिले सस्तो  सिनेमाको शैलीमा मतदाता माझ  तमासा प्रस्तुत गरिदैछ l  सी ग्रेड  सिनेमा शैलीको चुनाव प्रचारले मतदाताहरूलाइ सचेत नागरिक होइन अपितु बिचार एव चेतनाबिहिन भिडमा रुपान्तरित गर्ने कोशिस गरिरहेको छ   l जहा मतदाताहरूको भिड  उम्मेदवारको विचार, एजेन्डा  एव परिकल्पना सुन्न  होइन कि कुनै फिल्मी शैलीको उम्मेदवारको सस्तो अभिनय हेर्न जम्मा हुदैछ्न l मतदान भनेको राष्ट्र निर्माणको प्रक्रियामा सचेत सहभागिता हो l यो सुबिचारित कर्म हो l आज मिडियामा ब्यापक लगानी गरेर मतदाताहरूको 'माइन्ड कन्ट्रोल' गरिदै्छ l गोएब्ल्स शैलीको  सुनियोजित प्रोपोगान्डाले  मतदाताहरूको मस्तिष्क नियन्त्रित गरेर मुलुकमा नव अधिनायकवादको आधारभुमि तैयार गरिदैछ l

प्रकाशित मिति: आइतबार, माघ १८, २०८२  १०:१६
प्रतिक्रिया दिनुहोस्