Dashain Banner
Dashain Banner

च्छोरोल्पा मिडिया सातौं बर्षमा, दर्जनौं सम्मानित

शुक्रबार, माघ १६, २०८२

गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को सातौँ वार्षिकोत्सव कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।

राजधानी स्थित तपस होटलमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथिमा गीतकार तथा समाजसेवी शोभित उप्रेती रहेका थिए ।

सो समारोहमा फोटो पत्रकार जीवन लामालाई ‘लाईफटाइम फोटो जर्नालिज्म च्छोरोल्पा एचिभमेन्ट २०८२‘ले विशेष सम्मान गरिएको थियो ।

सो सम्मान कार्यक्रमका प्रमुख अतिथि शोभित उप्रेती, सभापति मदनदास श्रेष्ठ, विशिष्ट अतिथिहरु बागमती प्रदेशका पूर्व मन्त्री माननीय दिपेन्द्र श्रेष्ठ, पूर्व रक्षा सचिव कवि देवेन्द्रप्रसाद सिटौलालगायतले प्रदान गर्नु भएको थियो ।

सोही कार्यक्रममा च्छोरोल्पा सामाजिक सेवा सम्मान  बाट शंकर जोशी, च्छोरोल्पा सामाजिक सेवा सम्मान २०८२ बाट शिवराम थपलिया, च्छोरोल्पा पत्रकार सम्मान  बाट सुवास योन्जन, च्छोरोल्पा राष्ट्रसेवा सम्मान २०८२ बाट साहायक रथी श्री रामचन्द्र कार्की, च्छोरोल्पा सर्वश्री कला सम्मान २०८२ बाट कलाकार लक्ष्मी श्रेष्ठ र च्छोरोल्पा पत्रकारिता सम्मान २०८२ बाट पत्रकार रमेश खतिवडा सम्मानित हुनु भयो ।

यसैगरी सोही कार्यक्रममा खड्की समाजकी अजिता खड्की, संगम सरोकार मन्चका देवराज शर्मा, एकता समाज, बानेश्वरका चमन कोइराला र लोकदोहोरी गायक असिम कटुवाललाई प्रशंसापत्र प्रदान गरियो भने राजनीतिज्ञ रुद्र खड्का र भिमबहादुर बुढाथोकीलाई धन्यवादपत्र प्रदान 
गरियो ।

कार्यक्रममा सभापति मदनदास श्रेष्ठ, प्रमुख अतिथि शोभित उप्रेती, विशिष्ट अतिथिहरु मा. दिपेन्द्र श्रेष्ठ, देवेन्द्रप्रसाद सिटौला, सम्मानित जीवन लामा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नवराज खड्का, विष्णु सिटौलालगायतले आआफ्नो मन्तव्य राख्नु भयो ।

कार्यक्रममा नारायण पोखरेल, कमला कार्की र माधव खतिवडालाई मायाको चिनो प्रदान गरिएको थियो भने
कार्यक्रममा पत्रकार, कलाकार, साहित्यकार, समाजसेवीलगायतको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १०:५५
प्रतिक्रिया दिनुहोस्