निर्वाचनको चक्करमा होमिएका महाराष्ट्रका उपमुख्यमन्त्रीलाई कालले लग्यो

बुधबार, माघ १४, २०८२

भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको बुधबार बिहान बारामती विमानस्थलमा भएको विमान दुर्घटनामा निधन भएको छ । आज बिहान अवतरणका क्रममा विमान दुर्घटना भएको हो ।

घटनामा अजित पवारसँगै चार अन्य व्यक्ति पनि सवार थिए, जसमा दुई चालक दलका सदस्य र पवारका दुई सहयोगी थिए । उनीहरू सबैको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

अजित पवारका निजी सहायक अनिल ढिकलेले बीबीसीसँग कुरा गर्दै दुर्घटनाको पुष्टि गरेका छन् । विमान रनवेनजिकै दुर्घटनाग्रस्त भएको र आगो लागेको समाचार प्राप्त भएको छ ।

अजित पवार महाराष्ट्रका एक चर्चित राजनीतिज्ञ थिए, जसले राज्यको योजना र विकासमा लामो समय योगदान दिएका थिए ।

६६ वर्षीय अजित पवार जिल्ला परिषद् निर्वाचनको तयारीका क्रममा बारामतीमा चारवटा सार्वजनिक सभालाई सम्बोधन गर्न जाँदै गर्दा उक्त दुर्घटना भएको हो ।

प्रकाशित मिति: बुधबार, माघ १४, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्