युवाको जत्थालाई चाहियो पुरानै संसद, लुटिएको संसद फिर्ता माग्दै सडक कब्जा

मंगलबार, माघ १३, २०८२

जेनजी आन्दोलनपछि विघठित संसद पुनःस्थापनाको माग गर्दै युवाहरुको एउटा टोलीले काठमाडौंमा प्रदर्शन गरेका छन्। 

असंवैधानिक रुपमा बिघटन गरेको संसद बैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरुले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन्। सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा बिचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ।

उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र बैधानिक तवरबाट संसद पुनःस्थापना होस् भन्ने आफूहरुको मुख्य माग रहेको जनाएका छन्। देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुनःस्थापना हुनुपर्ने उनीहरुको भनाइ छ।

प्रदर्शनमा सहभागी युवाहरुले संविधान बचाउ, संसद फर्काउ, लुटिएको संसद फिर्ता गर, बिघठित संसद पुर्नस्थापना गर, लगायतका प्लेकार्डसहित नारावाजी गरेका थिए। प्रतिनिधिसभाको निर्वाचन हुन ३७ दिन बाँकी रहंदा युवाले पुरानै संसद खोज्दै सडक तताएका हुन्।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १२:४१
प्रतिक्रिया दिनुहोस्