पूर्वराजा ज्ञानेन्द्र शाहले जानकी मन्दिरमा गरे पूजापाठ

सोमबार, माघ १२, २०८२

पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार जनकपुरधामस्थित प्रसिद्ध जानकी मन्दिरमा पूजापाठ गरेका छन् । जानकी मन्दिरमा पूजा–अर्चना गर्दै उनले देशमा शान्ति, समृद्धि र जनकल्याणको कामना गरेका थिए ।

पूर्वराजा शाह धार्मिक विधिमासमेत सहभागी भएका थिए। उनको आगमनका क्रममा मन्दिर परिसरमा सर्वसाधारण तथा भक्तजनको उल्लेख्य उपस्थिति रहेको थियो । 

पूर्वराजा शाहले जानकी मन्दिरदेखि करिब ५ सय मिटरको दूरीमा रहेको राम मन्दिरको समेत दर्शन गरेका थिए । त्यसैगरी आजै साँझ गंगासागरमा आयोजना गरिएको गंगा आरतीमासमेत सहभागी भएका थिए ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्