सोसल मिडिया
युनिकोड
नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ‘काठमाडौँ महोत्सव तथा व्यापार मेला’ आयोजना गर्ने भएको छ।
महोत्सवका माध्यमबाट स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले बताए।
महोत्सवमा २०० भन्दाबढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक ‘स्टल’मा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी गरिनेछ।
साथै हस्तकला, मूर्तिकला तथा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम पनि समावेश गरिएका छन्। उनले लघु, घरेलु, साना तथा मझौला उद्योगलाई आफ्ना उत्पादनको बजारीकरण गर्न मेला उपयोगी हुने बताए। काठमाडौँ महानगरपालिका र उपत्यकाभित्रका छ वटा पालिकाका सबै वडाका मौलिक उत्पादन पनि महोत्सवमा प्रदर्शन गरिनेछन्।