Dashain Banner
Dashain Banner

जेन्जी आन्दोलन जाँचबुझ आयोगको म्याद थप्न डाकियो मन्त्रिपरिषद् बैठक

बिहीबार, माघ ८, २०८२

जेन्जी आन्दोलन सम्बन्धी घटना अध्ययन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको थपिएको समयसीमा आज सकिँदैछ । 

भदौमा तीन महिनाको कार्यादेशसहित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगको काम नसकिएपछि यसअघि एक महिना म्याद थप गरिएको थियो । आज फेरि म्याद थप्ने तयारी भएको छ । म्याद थप्नका लागि आजै तीन बजेलाई मन्त्रीपरिषदको बैठक बोलाईएको छ। 

आयोगले प्रतिवेदन लेखनको ८० प्रतिशत काम सकिएकाले केही दिनअघि प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर दुई साता थप समय मागेको थियो । त्यसैगरी आजको बैठकमा मन्त्रिपरिषद्का सदस्यहरू निर्वाचनमा केन्द्रित भएको अवस्थाबारे पनि छलफल हुने बताइएको छ। 

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्