Dashain Banner
Dashain Banner

उज्यालो नेपाल पार्टी अन्धकार तर्फ, तीनभाईले कुलमानलाई हाने अगुल्टो 

बिहीबार, माघ ८, २०८२

पहिचानवादी नेता एवं उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी पारित्याग गरेका छन् ।

डकेन्द्रसहित केन्द्रीय सदस्य ज्ञानबहादुर गुरुङ र प्रस्तावित केन्द्रीय सदस्य अमर ईजमले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टी त्यागेको घोषणा गरेका हुन् । उनीहरुले पहिचानसम्बन्धी एजेन्डामा स्पष्ट र लिखित वैचारिक धारणा प्रस्तुत गर्न नसकेकोले पार्टीमा बस्न नैतिकताले नदिएको बताएका छन् ।

यसअघि इलाममा भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेका थेगिम उज्यालो पार्टीको समानुपातिकको बन्दसूचीमा रहेका छन् । पार्टी परित्याग गरेका तीनै जनाले अब पुनः पहिचानवादी मोर्चालाई विस्तार गर्ने र आन्दोलनका लागि सशक्त संरचना निर्माण गर्ने घोषणा गरेका छन् ।dekendra-thegim-1769065162.png

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्