सांसद बन्न महावीर म्याग्दी पुगे, उतैबाट मन्त्री त्यागे

मंगलबार, माघ ६, २०८२

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उमेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवारी दर्ता गराउन उनी म्याग्दी पुगेका छन् ।

उनले म्याग्दीबाटै राजीनामापत्र पठाएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ । उनी स्वतन्त्र उमेदवार बन्दै छन् ।

प्रतिनिधिसभातर्फ म्याग्दी एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्ला हो ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्