उमेदवारको मनोनयनपत्र दर्ता समय सुरु

मंगलबार, माघ ६, २०८२

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उमेदवारको मनोनयनपत्र दर्ता समय सुरु भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले उमेदवारी मनोनयनको समय सुरु भएको बताए ।

“मनोनयनका लागि १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । मनोनयन दर्ताको समय सुरु भइसकेको छ,” उनले  भने । मंगलबार (माघ ६) १६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको उमेदवारी मनोनयन गरिँदै छ । समानुपातिकतर्फको सूची भने सार्वजनिक भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्