Dashain Banner
Dashain Banner

काँग्रेसले मोरङ क्षेत्र नम्बर ३ मा सुनिल शर्मालाई बनायो उम्मेदवार

सोमबार, माघ ५, २०८२

नेपाली काँग्रेस मोरङ क्षेत्र नम्बर ३ मा सुनिल शर्मा उम्मेदवार हुने भएका छन्। फागुन २१ गते हुने निर्वाचनका लागि भोलि मनोनयन दर्ताको कार्यक्रम छ।

शर्माको नाम पार्टीका तल्ला तहबाट एकल रूपमा सिफारिस भएर आएको थियो। टिकट पाएपछि शर्मा मोरङ प्रस्थान गरेका छन्।

शर्मा नेता शेखर कोइरालानिकट छन्। २०७९ को चुनावमा पनि शर्मा यही क्षेत्रबाट निर्वाचित भएका थिए। काँग्रेसले संसदीय बोर्ड गठन गरेर उम्मेदवार तय गर्दै आएको छ। रास्वपाले गणेश कार्कीलाई उम्मेदवार बनाएको छ। 
 

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  २०:४५
प्रतिक्रिया दिनुहोस्