गगनका लागि आयोग सहित पार्टीका भण्डारी र राणा दाहिना हुँदा कांग्रेस हात लाग्यो 

शुक्रबार, माघ २, २०८२

नेपाली कांग्रेसको महाधिवेशन विवाद निरूपण गर्ने क्रममा निर्वाचन आयोगका आयुक्तहरू विभाजित भएका छन्। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर राणा गगनको पक्षमा देखिएका छन्। 

भण्डारी र राणा थर गगनका लागि फापेको देखिएको छ। उपसभापति विश्वप्रकाश शर्मा भण्डारी र सहमहामन्त्री उदय शमशेर राणाको पार्टीमा दरिलो साथ् पाएका गगनलाई आयोगका भण्डारी र राणाको पनि साथ् मिलेको हो। उदयले शेरबहादुर देउवालाई त्यागेर गगनलाई दरिलो साथ दिएका थिए। 

कुनै बेला राप्रपा नजिक रहेका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी र कांग्रेस निकट आयुक्त राणा सभापति गगनको पक्षमा उभिएका हुन्। 

अर्की आयुक्त जानकी तुलाधर १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवा पक्षमा देखिएको आयोगका एक कर्मचारीले जानकारी दिए। आयुक्तहरू विभाजित भएपछि बहुमतका आधारमा निर्णय गरिएको ती कर्मचारीले जानकारी दिए। तुलाधर एमाले सिफारिशमा आयुक्त भएकी हुन्। त्यस्तै आयोगका सचिव कृष्णबहादुर राउत पनि गगनकै पक्षमा उभिएको आयोग श्रोतको भनाई छ। 

प्रकाशित मिति: शुक्रबार, माघ २, २०८२  २०:१७
प्रतिक्रिया दिनुहोस्