Dashain Banner
Dashain Banner

राष्ट्र बैंकलाई कर्मचारी राख्न चाहियो गेस्ट हाउस, कस्ता होटलले सम्पर्क गर्न सक्छन् ?

सोमबार, पुस २८, २०८२

नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीहरूको बासका लागि काठमाडौंमा विशेष होटल तथा गेस्ट हाउस खोजेको छ । जिल्ला तथा प्रदेशका बैंकका कर्मचारी काठमाडौं आउँदा बास बस्नका लागि योग्य सुविधाजन अतिथि गृहका लागि केन्द्रीय बैंकले वार्षिक सम्झौता नै गर्ने गरी होटल, गेस्ट हाउस तथा अतिथि गृहहरूलाई आवेदन माग गरेको हो ।

नेपाल राष्ट्र बैंक खरिद विनियमावली २०७१ (पाँचौं संशोधनसमेत)को विनियम ९१ बमोजिम अतिथि गृह सेवा करारमा लिनुपर्ने भएकोले इच्छुक होटल/अतिथि गृह/गेष्ट हाउसहरूबाट सूचना प्रकाशित भएको मितिले १५ कार्यदिनभित्र रीतपूर्वक सिलबन्दी प्रस्ताव पेस गर्न आह्वान गरिएको बैंकले जनाएको छ ।

इच्छुक होटल तथा गेस्ट हाउसहरूले आगामी १३ माघको दिउँसो १ बजेसम्म रितपूर्वक फाराम भरी दरखास्त हाल्न सक्ने बैंकले सूचनामा भनेको छ । तथापि, सेवा दिन चाहने होटल तथा गेस्ट हाउसले दरखास्तसँगै ५० हजार रुपैयाँ नगद धरौटी बुझाउनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तो होटल तथा गेस्ट हाउस सुविधा सम्मपन्न, सबै खाले सेवाहरू उपलब्ध रहेको, बिजुली पानी, इन्टरनेटका साथै होटलमा २४सै घण्टा सूरक्षाकर्मीको व्यवस्था भएको हुनुपर्ने बैंकले सर्त राखेको छ ।

अतिथि गृह/होटल राष्ट्र बैंक रहेको क्षेत्र बालुवाटार र थापाथलीस्थित कार्यालय आसपास, महाराजगञ्ज, धुम्बराही, चाबहिल, गौशाला, एयरपोर्ट, सिनामंगलसम्म चक्रपथ (रिङरोड) क्षेत्रको कम्तीमा १ किलोमितरसम्मको दूरीमा हुनुपर्ने पनि सर्तमा भनिएको छ ।

प्रकाशित मिति: सोमबार, पुस २८, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्