सोसल मिडिया
युनिकोड
आधुनिक नेपालको एकीकरणका नायक राष्ट्रनिर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ।
यसै अवसरमा संघीय राजधानी काठमाडौंको सिंहदरबारको मुख्यद्वार (पश्चिम ढोका) अगाडि रहेको उनको शालिकमा विशेष समारोहको आयोजना गरियो।
समारोहमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार पुगेर राष्ट्रनिर्माता शाहको शालिकमा पुष्पहार अर्पण गर्दै माल्यार्पण गरे। सो क्रममा राष्ट्रपतिले नेपालको एकीकरणमा शाहको ऐतिहासिक योगदानको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे।
कार्यक्रममा सम्माननीय प्रधानमन्त्री सुशील कार्की, उपराष्ट्रिपति रामसहाय प्रसाद यादव, विभिन्न मन्त्रालयका मन्त्रीहरू, उच्च पदस्थ सरकारी कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।