सुनको मूल्य बढेर तोलाको कति पुग्यो ?

आइतबार, पुस २७, २०८२

नेपाली बजारमा आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको छ ।

शुक्रवार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रवार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ९९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, पुस २७, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्